Skip to main content
राष्ट्रिय कृषि जनगणना २०७८ मा तथ्यांक संकलन तथा सुपरिवेक्षकको लागी २ महिने करारमा भ्याकेन्सी : गणक : ५०२३ जना (न्यूनतम शैक्षिक याेग्यता: १०+२ (दश जाेड दुई) वा साेसरह उत्तीर्ण गरेकाे) उमेर: दरखास्त दिने अन्तिम मितिसम्म १८ (अठार) वर्ष पूरा भई ४० (चालिस) वर्ष ननाघेकाे। महिलाकाे हकमा ४५ (पैँतालिस्) वर्ष ननाघेकाे । प्राथमिकता: कृषि, पशु विज्ञान वा तथ्यांक विषय लिई अध्ययन गरेको, राष्ट्रियस्तरका गणना तथा सर्वेक्षणमा कार्य अनुभव भएको, सम्बन्धित स्थानीय निकायमा बसोवास भएको, स्थानीय भाषाको ज्ञान भएको। सुपरिवेक्षक: १२८० जना (न्यूनतम शैक्षिक याेग्यता: स्नातक तह वा साेसरह उत्तीर्ण गरेकाे ) उमेर: दरखास्त दिने अन्तिम मितिसम्म १८ (अठार) वर्ष पूरा भई ४० (चालिस) वर्ष ननाघेकाे। महिलाकाे हकमा ४५ (पैँतालिस्) वर्ष ननाघेकाे । प्राथमिकता: कृषि, पशु विज्ञान वा तथ्यांक विषय लिई अध्ययन गरेको, राष्ट्रियस्तरका गणना तथा सर्वेक्षणमा कार्य अनुभव भएको, सम्बन्धित स्थानीय निकायमा बसोवास भएको, स्थानीय भाषाको ज्ञान भएको ।
Comments
Post a Comment